१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ०.२४ अंकले ओरालो



अ+ अ-

काठमाडौं । सोमबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक शून्य दशमलव २४ अंकले घटेर १ हजार ९३१ दशमलव ८७ विन्दुमा पुगेको छ । १ हजार ९२९ दशमलव ४७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य १ प्रतिशतले घटेको हो । पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको रू.२ अर्ब ६५ करोड २५ लाख बराबरको ४० लाख ६ हजार २९८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २१ हजार ३७८ पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ८ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ३२४ कायम भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, विकास बैंक, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, वित्त, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५६ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ४६० मा कारोबार भइरहेको छ ।