५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश प्रसाई र नन्दा सिंह आज विवाह बन्धनमा बाँधिए



अ+ अ-

धरान । चर्चित वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह वैवाहिक बन्धनमा बाधिएका छन ।  आज उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विहे भइरहेको छ ।

मेचीनगर–१० काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्राउँदै छन् । आज विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए । बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्राउने छन् ।

धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा हो । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् । जन्ती थोरै संख्यामा गएका छन् । विहेको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ । जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो । निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो ।

अपरान्ह सवा १ बजे जन्ती टोली विहेस्थलमा पुगेको छ ।  धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ । वेहुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेकि थिइन ।समसामयिक विषयमा खरो रुपमा बोल्ने प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ।