११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन सोमबार शेयर बजारमा सुधार, ७२.२८ अंकले कारोबार उकालो लाग्यो



symbolic picture
अ+ अ-

काठमाडौं । सोमबार शेयर बजार ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको छ । आइतबार ६ प्रतिशतको नकारात्मक सर्किटबाट प्रभावित भएको बजार सोमबार भने सुधार भएर पुरानै लयमा फर्किएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि दोहोरो १२ दशमलव १० अंकले बढेर ३८२ दशमलव ७७ विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ समूहकै परिसूचक बढेकाले पनि समग्र नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको हो । 

सोमबार निर्धारित अवधिभर रू. ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २०६ कम्पनीको ६० हजार ५५ पटकको व्यापारमा १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर कारोबार भएको हो । आइतबार ३ घण्टा १३ मिनेटको कारोबारमा रू. ७ अर्ब २० करोड ९१ लाख ८० हजार बराबरको शेयर खरीदविक्री भएको थियो । आइतबार १२३ अंक घटेर १ हजार ९३२ दशमलव ११ विन्दुमा बन्द भएको बजार सोमबार १ हजार ९२९ दशमलव ४७ विन्दुदेखि खुलेको हो । 

सोमबार व्यापारिक समूहको परिसूचक सर्वाधिक ६ दशमलव ५७ प्रतिशत बढेको छ । यो दिन व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । त्यस्तै जीवन बीमा समूहको परिसूचक पनि सोमवार ६ दशमलव शून्य ४ प्रतिशत बढेको छ । बैंकिङ समूहको २ दशमलव २३ प्रतिशत, होटल समूहको ३ दशमलव शून्य ५ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य २ प्रतिशत, जलविद्युत ५ दशमलव ९९ प्रतिशत, वित्त २ दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा ४ दशमलव ३४ प्रतिशत, उत्पादन तथा प्रशोधन ५ दशमलव शून्य ९ प्रतिशत, अन्य ४ दशमलव ९३ प्रतिशत, लघुवित्त ४ दशमलव ३ प्रतिशत र म्यचुअल फण्डको परिसूचक शून्य दशमलव ७२ प्रतिशत बढेको छ ।

उच्च अंकले बढेको सोमबारको बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्वाधिक ६ दशमलव ६७ प्रतिशतले घटेको छ । यस कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू. २० ले घटेर अन्तिम मूल्य रू. २८० मा झरेको हो । यस दिन नारायणी डेभलपमेण्ट बैंक र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनी, ग्लोबल आइएमई लघुवित्त, अपर तामाकोशी र साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

सोमबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको रू. १ अर्ब ५ करोड ५७ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको हो । आइतबार एकै दिन रू. १७३ ले शेयरमूल्य घटेको यो कम्पनीको शेयरमूल्य सोमबार भने प्रतिकित्ता रू. ६८ ले वृद्धि भएको छ । यो दिन कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता रू. १ हजार ६३० कायम भएको हो । 




भर्खरै