२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टोलीको बलिङ प्रशिक्षकमा मोर्ने मोर्केल नियुक्त



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व बलर मोर्ने मोर्केल भारतीय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनी सेप्टेम्बर १ मा टोलीमा आउनेछन् । क्रिकेट वेबसाइट क्रिकबजले जय शाहलाई उद्धृत गर्दै मोर्केललाई भारतीय प्रशिक्षक बनाएको बताएको छ ।

दक्षिण अफ्रिकाका ३९ वर्षीय पूर्व बलरलाई बलिङ प्रशिक्षक बनाउने कुरा पहिले नै चलिरहेको थियो । भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले मोर्केललाई बलिङ प्रशिक्षक बनाउन माग गरेका थिए । दुबैले आईपीएल फ्रेन्चाइज लखनऊ सुपर जायन्ट्समा सँगै काम गरेका छन् ।

मोर्केलको पहिलो असाइनमेन्ट बंगलादेशविरुद्धको टेस्ट सिरिज हुनेछ । सेप्टेम्बर १९ देखि सुरु हुने यस सिरिजमा २ टेष्ट खेल हुनेछन् ।

मोर्केलले सन् २००६ देखि २०१८ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस अवधिमा उनले ८६ टेस्ट, ११७ एकदिवसीय र ४४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।