८ माघ २०८१, मंगलवार
January 21, 2025 Tuesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 1.54

Humidity: 52

Latest
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ सी र पुटिनबीच भिडियो वार्ता सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन… पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने सैफ अली खान ५ दिनपछि अस्पतालबाट डिस्चार्ज सरकार हाम्रो प्राथमिकता होइनः अध्यक्ष प्रचण्ड भैरहवा पुगे रवि लामिछाने, भोलि अदालतमा उपस्थित हुने– तस्बिरहरु सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन… प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट संविधानको व्यवस्थाअनुरुप ल्याएका अध्यादेश असंवैधानिक र असंसदीय हुँदैनः सांसद भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मशाला तथा मन्दिर मर्मतका लागि झुला महोत्सव र महाआरती



अ+ अ-

दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित लक्ष्मीनारायण मन्दिर मर्मत, धर्मशाला तथा गौशाला निर्माण गर्ने उद्देश्यले झुला महोत्सव तथा शृङ्गारिक महाआरती आयोजना गरिएको छ ।

उक्त महोत्सव र महाआरती मार्फत् मन्दिर मर्मत र धर्मशाला निर्माणका लागि दान गर्ने दाताको सङ्ख्या उल्लेख्यरूपमा देखिएका छन् । महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले सांसद विकास कोषबाट सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

मङ्गलबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले रु एक लाख ११ हजार दान गर्नुभयो । राष्ट्रिय समाचार समितिका दाङ समाचारदाता नारायणी रजौरेले स्वर्गीय पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, स्वर्गीय श्रीमान् हरिप्रसाद अधिकारी, भाइ स्वर्गीय चन्द्रमणि रजौरेको स्मृतिमा रु एकलाख पाँच हजार दान गर्नुभएको छ । तुलसीपुरका उद्योगपति उत्तम कुमार श्रेष्ठले स्वर्गीय माता पिताको स्मृितमा रु एक लाख ११ हजार दान गर्नुभयो ।

तुलसीपुरका व्यापारी गोकर्ण गिरीले एक लाख बढी रकम दान गर्नुभएको छ । तुलसीपुर उपमहानरपालिका– ६ का वडाध्यक्ष दुजमान भण्डारीले मन्दिरका लागि एक थान कुलर उपलब्ध गराउनुभएको छ । भmुला महोत्सव तथा महाआरतीको पाँचौँ दिन आज पनि भक्तजनको सङ्ख्या बढिरहेको छ । सो महोत्सवमा भक्तजनले सहयोग गर्नुभएको नगद तथा जिन्सीका विवरण महोत्सव सम्पन्न भएको तीन दिनपछि सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिका संयोजक तथा मठाधीश स्वामी केशवा आचार्य (सूर्यपाकी)ले जानकारी दिनुभयो ।

झुला महोत्सव तथा शृङ्गारिक महाआरती आगामी भदौ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । रासस