३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित)

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित)
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सहभागी उद्यमी र विज्ञहरुले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीले सो अवसरमा व्यक्त गर्नुभएको सम्बोधनको पूर्णपाठः

यस भेटघाट कार्यक्रममा सबै साथीहरुलाई हार्दिक स्वागत गर्दछु ।

यो कार्यक्रम मेरा लागि अत्यन्तै लाभदायी भएको छ । मेरा लागि लाभदायक भएको कार्यक्रमलाई देशकै लागि, सबैका लागि लाभदायी बनाउनुुपर्दछ । यहाँहरुका लागि लाभदायी भयो भने मेरा लागि लाभदायी हुन्छ । मेरा लागि दुुईवटा हिसाबले लाभदायी छ । एउटा, यहाँहरुका कुराले आगामी दिनमा के के गर्नु पर्ने रहेछ भन्ने कुराहरुतर्फ ध्यानकर्षण गरेको छ । त्यसबाट लाभ भएको छ । अर्कातिर अब यहाँहरुको व्यवसाय अगाडि बढ्छ, त्यसबाट पनि लाभ भएको छ ।

यस सम्बन्धमा हामीले प्रयास र सोचहरु अलिक अगाडिदेखि नै थालेका हौँ । यो आइटी शताब्दिऔँ पुरानो चिज होइन । यो बीसौं शताब्दीको उपज हो र बीसौँ शताब्दीको पनि सेकेण्ड हाफमा कम्प्युटर इन्जिनियरिङसँगै यसको विकास बढी तीव्रताका साथ भयो ।

मैले सन्दर्भमाहरुमा भन्ने गर्छु, सन् १९२१ मा टेलिभिजनजस्ता कुरा देखाउन सक्छ कि भनेर वैज्ञानिकहरु सोच्दै रहेछन् । त्यस्तो धेरैको दिमागमा आउँदो रहेछ । १९६० को दशकमा हामी पनि रेडियो सुन्थ्यौँ । हामी कल्पना गर्दथ्यौ, यो बोल्ने मान्छेको आवाज आउँछ भने चित्र पनि आउन सक्छ होला भनेर । त्यतिबेला हामीले थाहा नभएको रहेछ, त्यति बेला ब्ल्याक एण्ड ह्वाइटबाट कलर टेलिभिजनको जन्म भइसकेको रहेछ । तर, हामी टेलिभिजनको कल्पना गर्दै थियौं कि मान्छेको चित्र नै आउन सक्छ कि भनेर । हामी केटाकेटी र साना युवाहरु कुरा गर्दा त्यसरी गर्दथ्यौँ । पछि हामीहरु पनि हुर्किदै गयौं र आइटी क्षेत्र पनि विश्वमा हुर्किदै गएछ । म त जेल परेँ, धेरै थाहा पनि भएन । जब म जेलबाट छुटें, धेरै कुरा थाहा भयो ।

मेरो उद्देश्य सानैदेखि समाज परिवर्तनको थियो । समाज परिवर्तन भनेको राजनीतिक परिवर्तन मात्रै होइन । राजनीतिक परिवर्तन त माध्यम मात्रै हो, साधन मात्रै हो । राजनीतिक परिवर्तन भएपछि राम्रो सरकार बन्यो भने देशप्रति, जनताप्रति उत्तरदायी र विकासको आकांक्षा भएको, त्यो संकल्प र डेडिकेशन भएको सरकार बन्यो भने त्यसले विकास गर्छ । त्यसका लागि राजनीतिक प्रणालीमा विकास चाहिएको हो । त्यसकारण थियो । हामीले राजनीतिक प्रणालीका लागि लामो समय सङ्घर्ष गर्नु प¥यो, बलिदान दिनुप¥यो र दुःख भोग्नुपर्यो । अहिले राजनीतिक प्रणाली परिवर्तन भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हामी छौँ ।

हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र किन ल्यायौँभन्दा विकासका लागि ल्यायौँ, जनताका समस्या हटाउनका लागि, गरिबी हटाउनका लागि ल्यायौँ, समृद्धि प्राप्त गर्नका लागि ल्यायौँ, सुखको जिन्दगी नेपाली जनताले प्राप्त गरुन भन्नका लागि ल्यायौँ । पहिले सङ्र्घष गर्ने समय थियो । हामीले विकासका लागि व्यवस्था परिवर्तन गरेर अनुकूल वातावरण गर्नु थियो । अब हामीले काम सुरु गर्ने समय भयो । नेपालमा धेरै उतारचढावहरु भए । यद्यपि धेरै लामो समय होइन । हामीले अहिले परिवर्तन ल्याएको समय भनेको लगभग ३२÷३४ वर्ष भयो । तर, यी ३२÷३४ वर्षमा उतारचढाव भए । देशका लागि ३४ वर्ष लामो होइन । तर विकासको गति जसरी तीव्रताका साथ अगाडि बढेको छ र दुनियाँजस्तो तीव्र गतिमा अगाडि बढिरहेको छ, परिवर्तन भइरहेको छ, त्यस ठाउँमा साढे तीन दशकको अवधि खेर जानुु भनेको सानो क्षति होइन, त्यो धेरै ठूलो क्षति हो । अब यो क्षति टोलरेन्स गरिरहन वा व्यहोरिरहन सकिँदैन । अब यस क्षतिलाई मेकअप गरेर अगाडि बढ्नुपर्दछ । अब अगाडि बढ्ने मात्रै होइन कि यी साढे तीन दशकका क्षतिलाई समेत मेकअप गरेर अगाडि बढ्नुपर्दछ ।

पहिलोपटक म सन् १९९२ मा अमेरिका गएँ । त्यहाँ बिल क्लिन्टन राष्ट्रपतिको उम्मेदवार हुँदा चुनावको अनुुगमनका लागि भिजिटर कार्यक्रमअन्तर्गत मलाई बोलाइएको थियो । त्यसमा जाँदा एउटा कम्पनीको मान्छेले हामी मोबाइल फोन बनाउन खोज्दै छौँ भनेर कलरेस टाइपको मोबाइल देखाउनुुभयो र के भन्नुभयो भने, अहिले यसले आफ्नो कम्पनीलाई सम्पर्क गर्छ, कम्पनीलाई भन्छ, कम्पनीले तपाईंको घरसम्म सम्पर्क गर्दिन्छ र घरबाट तपाईं सोझै यस फोनमा सम्पर्क गर्न सक्नुहुन्छ भनेर । तर, त्यो त्यहाँको सेटसँग मात्रै हो । यो सन् १९९२ को कुरा हो । सबैभन्दा विकसित त्यही थियो र सबैभन्दा विकसित हुन प्रयास गरिराखेको मोबाइल कम्पनी त्यही थियो । मैले त्यो कम्पनीको नाम बिर्सिएँ । त्यसपछि नभन्दै उधुम विकास भयो । यो तीव्र विकासको समय छ, यसमा विकास हुन्छ नै ।

हाम्रो पार्टीको नेतृत्वमा पहिलोपटक जब सरकार बन्यो सन् १९९४ मा र १९९५ सम्म चल्यो । त्यो सरकारको समयमा हामीले सामाजिक जीवनका विविध क्षेत्रहरुमा, सरकारका विभिन्न पक्षहरुमा कहाँ कहाँबाट क्याच गर्न सकिन्छ भनेर हेर्यौँ । त्यसरी हेर्दा, कम्प्युटर इन्जिनियरिङ, तत्सम्बन्धी पढाइ र सफ्टवेयर भारतले एडप्ट गरेको रहेछ र त्यसको काम पनि सन् १९९१ देखि थालिसकेको रहेछ । सन् १९९१ देखि उनीहरुले काम थाले, हामीहरुले लय समाउनै सकेनौँ । हाम्रोमा राजनीतिक परिवर्तनपछि काम गर्ने जमाना सुरु भयो भन्नेभन्दा पनि अलिक सत्ताको रापझापजस्तो कुरा र सत्ता भनेको एउटा इन्जोय गर्ने ठाउँ प्राप्त गरियो भन्ने खालको परिस्थिति बढी भयो । काम गर्ने, विकास गर्ने ठाउँभन्दा पनि इन्जोय गर्ने ठाउँ प्राप्त गर्न हारालुछ गर्ने खालको स्थिति भयो । त्यसले गर्दा हामीले वाञ्छित सफलता प्राप्त गर्न सकेनौँ । तैपनि त्यस बेलादेखि यस क्षेत्रमा काम गर्नु पछै है भन्ने सोच बनायौं ।

त्यसपछि यसमा रिभुलुसन ल्याउने गरी म पहिलोपटक प्रधानमन्त्री हुँदा विभिन्न खालका नयाँ सोचहरु मैले अगाडि सारेँ । मेरो नेतृत्वको सरकारले विभिन्न कुराहरुलाई अगाडि सार्यो । त्यतिबेला पनि हामी उतारचढावको अनेक सिलसिलामा थियौँ । संविधान भर्खर जारी गरेको स्थिति थियो । संविधान जारी ग¥यौ तर त्यससँग सम्बन्धित कानुन छैन । त्यस कानुनमा संशोधन र परिमार्जन नै गर्नुपर्ने कानुनको चाङ छ । के आवश्यकता हो भनेर सबैले बुुझ्नुभन्दा पनि राजनीतिक नेतृत्वले बुुझ्नुुपर्छ र त्यो गाइड गर्नुपर्छ । त्यसपछि मात्रै खासमा काम हुनसक्छ । त्यसो भएर हामीले त्यो प्रयास पनि गर्यौँ र धेरै कानुनहरु परिवर्तनका लागि हामीले अगाडि सार्यौँ र परिवर्तन गर्यौँ । संविधान मुस्किलले जारी गर्यौँ, जारी गर्ने बित्तिकै पाँच महिनासम्म नाकाबन्दी भयो । नेपाली समाज पानीबाट निकालेको माछा जस्तो भयो । हस्पिटलमा अक्सिजन छैन, ट्याब्लेट छैन, डाक्टर अस्पताल जान गाडीमा फ्युल छैन, औषधि किन्न पाइँदैन, फ्युल किन्न पाइँदैन । मान्छे भोकभोकै छ । हामीले आगो बाल्न दाउरालाई केजीका हिसाबले तराजुुले तौलिएर काठमाडौँमा बेच्नुपर्यो । धेरै दाउरा दिनसक्ने स्थिति पनि छैन, त्यति धेरै काठमाडौँलाई पुुग्ने कहाँबाट ल्याउने ? विद्युुतीय चुलो त्यति छैन । विद्युत्को सप्लाई गर्न उत्पादन नै थिएन, दुई सय मेघावाटको हारहारीमा थियो । त्यस स्थितिबाट अगाडि बढाउन हामीले मेजर गेम चेन्जिङ खालका कुराहरु अगाडि सार्नुपयो र त्यसरी हामीले अगाडि बढायौँ । तर समय थोरै भयो । अलि कति हामीले नेपालको हितमा गेम चेन्जर खालको कुराहरु, कामहरु अगाडि बढाउन थालेको हुनाले त्यो एउटा भयावह स्थितिजस्तो धेरैलाई लाग्यो र सरकार ढल्यो ।

फेरि हामी चुनावबाट आएपछि करिब तीन वर्षको समय पायौँ तर सजिलोसँग काम गर्न पाइएन । यता खुुट्टा तान्दै छ, यता अगाडि बढ्दै छ, खुुट्टा तान्दै छ, अगाडि बढ्दै छ गरेर पनि हामीले केही कुराहरु गर्यौँ र डिजिटल नेपालको कन्सेप्ट ल्यायौँ । त्यसैबेला डिजिटल नेपालको कार्यान्वयनका लागि फ्रेमवर्क पनि बनायौँ । यी सबै कुराका दुुई तीनवटा पाटाहरु थिए । तपाईंहरुले बिपी यो भन्नुहुन्छ, केपी यो भन्नुहुन्छ, नलेजसम्बन्धी, विजनेशसम्बन्धी अथवा अर्को सेक्टरसम्बन्धी । यसमा हरेकसँग पुुग्ने एक्सेस र क्यापासिटी बढाउने, यो विजनेशका लागि हो । यो विकासका लागि हो । यो सबैका लागि हो । आइटी फर अल, आइटी फर विजनेश, आइटी फर एजुकेशन, आइटी फर इन्फमेशन । एआइको जमानामा भन्ने हो भने एआइ अथवा आइटी इज फर एर्भिथिङ १ यस्तो भइसक्यो । यो बिना त हुँदै हुँदैन । कसैले मोबाइल घरमा छोडेर आएको छैन होला, मोबाइल साथमै हुन्छ । यस्तो भइसक्यो अरु चिज छुटेर केही हुँदैन, मोबाइल छुट्नुभएन । मोबाइल छुट्यो भने इन्फमेशन छुटिहाल्छ । त्यसकारण यस्तो अप टु डेट रहनुुपर्ने अवस्था दुनियाँको बनेको छ कि एकछिन् छुुट्यो भने के के भइसकेको हुन्छ, थाहा पाइएन, बर्बाद भइसकेको जस्तो हुन्छ, मैले त त्यो थाहा पाइन भनेर । त्यो सेकेण्ड ह्याण्ड थाहा पाइयोजस्तो हुन्छ । प्रत्यक्षदर्शी कोही हुँदैन, सेकेण्ड ह्याण्ड नै हो थाहा पाउने ।

यस सन्दर्भमा हामीले नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भनेको आइटीको दक्ष र सक्षम जनशक्ति हो । त्यसो भएर हामीले यी कुराहरुलाई एकदम तीव्रताका साथ अगाडि बढाउनुु छ । हाम्रा युवाहरुलाई दक्ष बनाउनुु छ, सक्षम बनाउनुु छ । युवाहरुमा रहेको, यहाँ केही गर्न सकिँदैन भन्ने चिन्ता जाहेर गर्नु भयो र त्यसमा अलिकति आशावादीता जागेको कुरा गर्नु भयो, त्यो ठीक हो । मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि मुख्य कुरा आशा जगाउने काम, विकास हुनसक्छ, हाम्रै पालमा विकास हुनसक्छ, हामी गर्न सक्छौँ भनेर ।

मैले हाम्रा पूर्वजहरुका कहानी सुनाउने गरैँ, हाम्रा पूर्वजहरु यस्ता महान् थिए, यस्ता इनोभेटर थिए, यस्ता रिसर्चर थिए भनेर । ज्ञान यहाँ सुरु भयो र विस्तार भयो । गणित यहाँ सुरु भयो र विस्तार भयो । चिकित्सा शास्त्र यहाँ सुरु भयो र विस्तार भयो, खगोलशास्त्र यहाँ सुरु भयो र विस्तार भयो । ज्ञान भनेकै यहाँ सुरु भयो र विस्तार भयो । दुुई चार शताब्दी हामी अलिकति पछाडि प¥यौँ । नाउ टाइम इज चेन्ज । अब पालो एसियाको, अब पालो हाम्रो, अब पालो नेपालको । नेपालले गर्न नसक्ने कुरा केही छैन । त्यसकारण अब नेपालले गर्न सक्छ र उपयुक्त समय आएको छ । यो समयलाई, यो समयले हामीलाई उपलब्ध गराएको अवसरलाई हामीले क्यास गर्न सक्नुुपर्दछ, त्यसलाई प्रयोग गर्न सक्नुु पर्दछ र अगाडि बढ्न सक्नुु पर्दछ । साथीहरुले ठीक भन्नुु भयो कि हामीले नेपाललाई दक्षिण एसियको आइटी हव बनाउन सक्नुपर्दछ ।

हाम्रो उत्पादन हामीले बेच्न सक्नुुपर्दछ । हाम्रो उत्पादन हामीले जनताका घरघरमा पुु¥याउन सक्नुुपर्दछ, उनीहरुको जीवनस्तर बढाउनका लागि त्यसलाई प्रयोग गर्नुपर्छ, उनीहरुको आयस्तर बढाउनका प्रयोग गर्नुपर्दछ । उनीहरुलाई रोजगारीका अवसर बढाउन पर्दछ । सबै आइटी इन्जिनियर हुनसक्छन् भन्ने कुरा होइन । यहाँहरुको उत्पादनका लागि सरकार पनि एउटा आफैँ मार्केट हो भनेर यहाँहरुले अघि भन्नुुभयो । सरकार आफैँले पनि प्रोडक्शन गर्छ । अहिलेसम्मको स्थिति के छ भने, हामीले सफ्टवेयर ऐरा झण्डैझण्डै गुमायौँ नै । भारतले जुन कुराको ठूलो फाइदा लियो, हामी देख्दादेख्दै पछाडि प¥यौँ । कृषिमा पनि भारतले सन् १९६५ देखि ६८ मा ग्रिन रिभुलुसन भनेर इन्टरड्युस ग¥यो । उसले १९९८ मा ल्याइसकेको चिज हामी अहिले बल्ल २०२५ मा इन्टरड्युुस गर्दैछौैँ अथवा ल्याउँदै छौँ वा योभन्दा अगाडि हामीले प्रयास सुरु गरेका छौँ र अगाडि बढाउन खोज्दै छौँ । अर्थात् ३० वर्ष हामी यसै पछाडि परेका छौँ । यो त ३० भन्दा पनि ६० वर्ष भइसक्यो । ग्रिन रिभुलुुसन हामीले ६० वर्ष अगाडि गर्नु पर्दथ्यो तर ६० वर्ष अगाडि राणा शासनबाट भर्खर उम्किएका थियौं । पिञ्जडाबाट बाहिर मात्रै निस्किएका थियौँ । त्यसकारण अब हामी पिञ्जडामुक्त छौँ वा खुला आकासमा हामी जे पनि गर्न सक्छौँ । हामीले हाम्रा युवाहरुलाई सक्षम र दक्ष बनाउनुु पर्दछ । हाम्रा युवाहरु प्रतिभामा कम छैनन् । हाम्रा पूर्खाहरुको जेनेटिक मेमोरी यस्तो छ कि अहिलेभन्दा हजार वर्ष अगाडि भाष्काराचार्यले पृथ्वीको गोलाई नापेका थिए, घरमै बसेर । कसरी नापे होलान् १ तौल नापेका थिए, कस्तो तराजुु थियो होला १ पृथ्वीको तौल अहिलेभन्दा हजार वर्ष अगाडि नाप्ने १ ग्राभिटेशनको थ्योरी हजार वर्ष अगाडि पत्ता लगाएका थिए । त्यो कुरा युरोपसम्म पुुगेको थिएन । त्यो कुरा हाम्रोमा प्रचार भएको थिएन । पुस्तक लेखिएको थियो, १२१० मा प्रकाशित भएको थियो । त्यो कुरालाई हामीले बाहिर प्रचार गर्न सकेनौँ । अहिले हामी पढ्दै छौँ, ग्राभिटेशनका जनक न्युटन भनेर । न्युटनभन्दा पाँच सय वर्ष अगाडि त पुुस्तक छापिएको थियो ग्राभिटेशनको थ्योरीका बारेमा ग्यालिलियो र न्युटनले गर्नुभन्दा अगाडि, हाम्रो भूमिमा । पहिलो सर्जन यहाँका थिए । संस्कृतमा वेद भनेको साइन्स । हाम्रा पूर्वजहरुले साइन्स भन्ने त्यति बेला आविष्कार गरेर दर्शनका बारेमा, अरु बारेमा निकालेका थिए । साइन्स टेक्नोलोजीले सिर्जना गर्ने हो । साइन्स र टेक्नोलोजी हाम्रा पूर्खाहरुले उहिले सुरु गरिसकेको चिजमा हामी फेरि फर्किएर पुुग्दै छौँ । आज अरुले लिड गरिराखेका छन् । हामी अरुले बनाएको मोबाइल चलाउँछौँ, अरुको सफ्टवेयर चलाउँछौँ, अरुका एप्स चलाउँछौँ । अहिले भर्खर हामीले नागरिक एपजस्ता कुराहरु निकालेर केहीकेही मामलामा ग्लोबल्ली फस्ट, चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)लगायतका चिजहरु त्यसैमा समेटेर लान सकिने हामीले विकास गरेका छौँ । जो साथीहरु यसमा काम गरिरहनुभएको छ, म धन्यवाद भन्न चाहन्छु ।

अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरु चिजहरु घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दैछौँ । म यो गर्न चाहन्छुु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दैछौँ र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौँ । जसले आजको समयलाई बुुझ्दैन उसले प्रगति गर्दैन । समयलाई बुुझ्ने भनेको के ? आज २०८१ साल माघ ८ गते मङ्गलबार भयो भनेर समय बुझिएको हुन्छ र ? यसम बुुझ्नका लागि एआइ बुुझ्नुुपर्दछ, आइटी बुुझ्नुपर्दछ । अनि मात्रै समय बुुझिन्छ । आइटी बुुझिएन भने समय कसरी बुुझियो त ? अबको समय आइटीले, साइन्स एण्ड टेक्नोलोजीले लिड गर्छ । अब हामीले हरेक क्षेत्रमा साइन्स एण्ड टेक्नोलोजीको प्रयोगद्वारा परिवर्तन गर्नुपर्दछ । आधुनिकीकरण गर्नुपर्दछ । देशलाई आधुनिकीकरण कसरी गर्ने, गरिब देशलाई सम्पन्न कसरी बनाउने, गरिबी नहटाइ कसरी आधुनिकीकरण हुन्छ ? ह्वाट इज मोर्डनाइजेशन ? गरिबी त हट्नुपर्यो नि, खान पाएको छैन, के को आधुनिकीकरण ? यदि मान्छे भोकै छ भने केको मोर्डनाइजेशन हुन्छ ? अनि छोराछोरी कसरी पढाउँछ ? कसरी निकाल्छ आइटी इन्जिनियर ? कमसेकम आइटीको प्रयोग गर्न सक्ने त हुनुु पर्यो । त्यो कसरी बनाउँछ त ? त्यसकारण यसका लागि हामी केही गर्ने उद्देश्यका साथ अगाडि बढेका छौँ । अरु धेरै कुराहरुलाई दिगो बनाउनुछ । आइटी क्षेत्रको विकासको जुन अभ्यास र प्रयास सुरु गरेका छौँ । यसलाई दिगो बनाउनुुपर्ने छ । हाम्रो यस्तो छलफललाई पनि पिरियडिक ढङ्गले दिगो बनाउनुपरेको छ । त्यो हामी गर्छौं ।

अहिले साथीहरुलाई धेरैधेरै धन्यवाद ।