१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मौरीपालन व्यवसायमा आकर्षण

मौरीपालन व्यवसायमा आकर्षण
अ अ+ अ-

त्रिवेणी । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । दशवटा गोलाबाट मौरीपालन सुरु गरेका खड्कासँग हाल एक सय २३ वटा मौरी गोला छन् । सोही मौरी गोलाबाट यस ‘सिजन’मा दुई सय २५ केजी मह उत्पादन भयो । उत्पादित मह पनि बिक्री भइसकेको छ । प्रतिकेजी रु एक हजार दुई सयका दरले यो सिजनको महबाट खड्काले रु दुई लाख ७० हजार आम्दानी गर्नुभएको छ । गत वर्षभन्दा यो वर्ष भने मह उत्पादन घटेको उहाँले बताउनुभयो ।

गत वर्ष उहाँले ७० वटा मौरी गोलाबाट दुई सय करिब ३८ केजी मह उत्पादन गर्नुभएको थियो । उक्त वर्ष मह बिक्रीबाट रु छ लाख ४० हजार आम्दानी भएको उहाँको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ६० प्रतिशतसम्म कमी आएको मौरीपालक कृषकहरूको भनाइ छ । “महको माग बढिरहको छ, मह उत्पादन घटेका कारण ग्राहकलाई मागअनुसारको मह पु¥याउन सकिएको छैन्”, खड्काले भन्नुभयो ।

सोही वडाका ओमप्रकाश खड्का पनि पुराना मौरीपालक कृषक हुनुहुन्छ । उहाँसँग हाल एक सय ५१ वटा मौरी गोला छन् । उक्त गोलाबाट एकपटकमा उहाँले तीन सय सय १२ केजी मह उत्पादन गर्नुभयो । उत्पादित मह बिक्रीबाट रु तीन लाख ७५ हजार आम्दानी भएको छ । विसं २०५५ देखि मौरीपालन सुरु गरेका ओमप्रकाशको पनि यस वर्ष मह उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा बढी मह उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

गत वर्ष एक सय ४५ वटा मौरी गोलाबाट सात सय ४२ केजी मह उत्पादन भएको थियो । सोही वर्ष उत्पादित मह बिक्री गरेर रु आठ लाख ६१ हजार आम्दानी गरेको ओमप्रकाशले बताउनुभयो । यस वर्षको यो सिजनमा कमलाल र ओमप्रकाशको मात्र नभई जिल्लाका अधिकांश मौरीपालक कृषकको मह उत्पादन घटेको छ ।

चिउरीको फूल फुल्ने समयमा पानी परेका कारण मह उत्पादनमा कमी आएको मौरीपालक कृषकले बताएका छन् । कात्तिकदेखि मह निकाल्न सुरु गरिन्छ । अधिकांश कृषकले मह निकाली सकेका छन् । तीन स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी सिस्ने गाउँपालिकामा मह उत्पादन हुने गरेको छ । सिस्ने गाउँपालिकामा प्रायः सर्वसाधारणले मौरीपालन गर्ने गरेका छन् । भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा सिस्नेको तुलनामा मौरीपालन कम हुन्छ । मह बिक्री गरेर यहाँका कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् । यस क्षेत्रको मह रुकुम पश्चिम, सल्यान, जाजरकोट, दाङ, पोखरा तथा काठमाडौँसम्म पुग्ने गरेको छ ।

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव आठ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्लाभर आर्थिक वर्ष २०७८/७९ मा छ दशमलव सात मेट्रिक टन मह उत्पादन भएको एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा अघिल्लो आवको भन्दा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन भयो भने आर्व २०८०/८१ मा महको उत्पादन दोब्बर बढेर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आवको भने किसानहरुले मह निकाल्दै रहेका मह उत्पादनको विवरण प्राप्त नभएको प्रमुख पौडेलले जानकारी दिनुभयो । जिल्लामा किसानले प्रतिधार्नी मह (दुई दशमलव पाँच केजी) रु तीन हजारमा बिक्री गर्दै आएका छन् ।

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा मह बिक्रीबाट मात्रै किसानले रु दुई करोड २५ लाख २४ हजार आम्दानी गरेका छन् । जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानले रु दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्ने गरेका छन् । एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका अनुसार आव २०७८/७९ मा छ दशमलव सात मेट्रिक टनबाट रु ८० लाख ४० हजार आम्दानी गरेका छन्भने आव २०७९०/८० मा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन हुँदा रु ७२ लाख किसानले आम्दानी गरेका थिए । गत वर्ष भने मह उत्पादन दोब्बर उत्पादन भएर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन हुँदा रु एक करोड ४५ लाख २० हजार रकम जिल्लामा भित्रिएको थियो । चालु आर्थिक वर्षको भने मह उत्पादनको विवरण आइसकेको छैन । विवरण प्राप्त नभए पनि यस वर्ष किसानले मह उत्पादनमा कमी आएको गुनासो गरिरहेकाले मह उत्पादनमा कमी हुनसक्ने कार्र्यालले अनुमान गरेको छ ।

जिल्लाभर कृषकले चार हजार तीन सय ८० घारमा मह उत्पादन गरिरहेका छन् । व्यावसायिक मौरीपानल गर्ने कृषकले एक सयदेखि एक सय ५० घारमा मौरीपालन गर्दै आएका छन् । जिल्लाभर आर्थिक वर्ष २०७८/७० मा एक हजार चार सय ८० घारबाट मह उत्पादन भएको थियो । भने आव २०७९/०८० मा मह उत्पादन हुने घारको सङ्ख्या घटेर एक हजार दुई सयमा मात्र मह उत्पादन भएको थियो । गत आवमा भने घारको सङ्ख्या बढेर एक हजार सात सय पुगेको थियो । मह उत्पादन पनि सोही मात्रामा बढेर १२ दशमलव एक मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने मह उत्पादनको विवरण तथा घारको सङ्ख्याको विवरण प्राप्त हुन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पौडलले जानकारी दिनुभयो ।