१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान गर्छौंः खानेपानीमन्त्री यादव



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मंगलवार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताउनु भयो । उहाँले धरानको खानेपानीको समस्या यही वर्षभित्र समाधान हुने र टेण्डर चाँडै निकाल्ने बताउनु भयो । जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिटै टेण्डर आह्वान हुने बताउनु भयो । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको थियो । सबै अघि बढाइसकेका छौँ । धरानको खानेपानी समस्या समाधान हुन्छ । यसपालि टेण्डर निस्किन्छ । हर्का साम्पाङजी खुशी भएर नै जानुभएको छ । जग्गा अधिग्रहणको समस्या छ । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिवद्ध छ ।’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय सरकारले केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने नहुने बताउनु भयो । उहाँले एकले अर्कोलाई छेकेर देश चल्न नसक्ने बताउनु भयो । पानीको दुःख शहरदेखि गाउँसम्मै रहेकाले यसको दीर्घकालीन समाधान हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने हुँदैन । एकले अर्कोलाई छेकेर देश चल्दैन । गाउँगाउँमा, शहर शहरमा खानेपानीको दुःख छ । हाम्रा ठूला ठूला नदीहरु, सप्तकोशी, कर्णाली, नारयणी जस्ता नदीहरु बगेर भारततिर गइरहेको अवस्था छ । त्यो पानीलाई लिएर हाम्रो धारामा झार्ने पनि क्षमता छैन । खानेपानी आधारभुत आवश्यकता हो । हामीलाई तीन करोड लिटर दैनिक खपत हुन्छ । डिपिआर गर्न ५ अर्ब करिव मागेका छौँ ।’

प्रमुख साम्पाङले धरानमा पानी तीन करोड लिटर दैनिक खपत हुने बताउनु भयो ।