२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले बहु संकटको सामना गर्नु परेको बताउनुभएको छ ।

मंगलवार सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपालले विश्वव्यापी रुपमा बहु प्रकोपीय संकटको सामना गर्नु परिरहेको बताउनुभएको हो ।

उहाँले प्रकृति माथिको दोहनले जलवायु परिवर्तनका अर बढाइरहेको र नेपालले त्यसको प्रत्यक्ष प्रभाव व्यहोर्नु परेको उल्लेख गर्नुभयो । समकालीन मुद्दाहरूलाई सम्बोधन गर्दै बहु–संकटको सामना गर्न साझा संकल्प जरुरी रहेको बताउनु भयो । २०१९ मा नै सगरमाथा संवादको परिकल्पना गरेपनि कोरोना लगायतका कारण सफल हुन नसकेको बताउनु भयो । संवाद गर्नको लागि अन्तर्राष्ट्रिय मञ्चहरुको कमी नभएपनि सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशहरुले भोग्नुपरेको समस्याका बारेमा उजागर गर्न सकिने र विश्वको ध्यान केन्द्रित गर्न सकिने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाले विश्वलाई धेरै कुराहरु सिकाउन सक्ने पनि बताउनु भयो । उहाँले नेपालमा राजनीतिक मुददहरु धेरै हदसम्म समाधान भइसकेकाले सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित रहेको बताउनु भयो । नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ आर्थिक समानता र सामाजिक कल्याणमा आधारित रहेको बताउनु भयो ।

जलवायु परिवर्तन, बसाईंसराई र दिगो विकासका मुद्दाहरूमा नेपालमा महत्वपूर्ण बन्दै गएको बताउनु भयो ।