२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मशाला तथा मन्दिर मर्मतका लागि झुला महोत्सव र महाआरती



अ+ अ-

दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित लक्ष्मीनारायण मन्दिर मर्मत, धर्मशाला तथा गौशाला निर्माण गर्ने उद्देश्यले झुला महोत्सव तथा शृङ्गारिक महाआरती आयोजना गरिएको छ ।

उक्त महोत्सव र महाआरती मार्फत् मन्दिर मर्मत र धर्मशाला निर्माणका लागि दान गर्ने दाताको सङ्ख्या उल्लेख्यरूपमा देखिएका छन् । महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले सांसद विकास कोषबाट सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

मङ्गलबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले रु एक लाख ११ हजार दान गर्नुभयो । राष्ट्रिय समाचार समितिका दाङ समाचारदाता नारायणी रजौरेले स्वर्गीय पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, स्वर्गीय श्रीमान् हरिप्रसाद अधिकारी, भाइ स्वर्गीय चन्द्रमणि रजौरेको स्मृतिमा रु एकलाख पाँच हजार दान गर्नुभएको छ । तुलसीपुरका उद्योगपति उत्तम कुमार श्रेष्ठले स्वर्गीय माता पिताको स्मृितमा रु एक लाख ११ हजार दान गर्नुभयो ।

तुलसीपुरका व्यापारी गोकर्ण गिरीले एक लाख बढी रकम दान गर्नुभएको छ । तुलसीपुर उपमहानरपालिका– ६ का वडाध्यक्ष दुजमान भण्डारीले मन्दिरका लागि एक थान कुलर उपलब्ध गराउनुभएको छ । भmुला महोत्सव तथा महाआरतीको पाँचौँ दिन आज पनि भक्तजनको सङ्ख्या बढिरहेको छ । सो महोत्सवमा भक्तजनले सहयोग गर्नुभएको नगद तथा जिन्सीका विवरण महोत्सव सम्पन्न भएको तीन दिनपछि सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिका संयोजक तथा मठाधीश स्वामी केशवा आचार्य (सूर्यपाकी)ले जानकारी दिनुभयो ।

झुला महोत्सव तथा शृङ्गारिक महाआरती आगामी भदौ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । रासस