२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मशाला तथा मन्दिर मर्मतका लागि झुला महोत्सव र महाआरती



अ+ अ-

दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित लक्ष्मीनारायण मन्दिर मर्मत, धर्मशाला तथा गौशाला निर्माण गर्ने उद्देश्यले झुला महोत्सव तथा शृङ्गारिक महाआरती आयोजना गरिएको छ ।

उक्त महोत्सव र महाआरती मार्फत् मन्दिर मर्मत र धर्मशाला निर्माणका लागि दान गर्ने दाताको सङ्ख्या उल्लेख्यरूपमा देखिएका छन् । महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले सांसद विकास कोषबाट सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

मङ्गलबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले रु एक लाख ११ हजार दान गर्नुभयो । राष्ट्रिय समाचार समितिका दाङ समाचारदाता नारायणी रजौरेले स्वर्गीय पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, स्वर्गीय श्रीमान् हरिप्रसाद अधिकारी, भाइ स्वर्गीय चन्द्रमणि रजौरेको स्मृतिमा रु एकलाख पाँच हजार दान गर्नुभएको छ । तुलसीपुरका उद्योगपति उत्तम कुमार श्रेष्ठले स्वर्गीय माता पिताको स्मृितमा रु एक लाख ११ हजार दान गर्नुभयो ।

तुलसीपुरका व्यापारी गोकर्ण गिरीले एक लाख बढी रकम दान गर्नुभएको छ । तुलसीपुर उपमहानरपालिका– ६ का वडाध्यक्ष दुजमान भण्डारीले मन्दिरका लागि एक थान कुलर उपलब्ध गराउनुभएको छ । भmुला महोत्सव तथा महाआरतीको पाँचौँ दिन आज पनि भक्तजनको सङ्ख्या बढिरहेको छ । सो महोत्सवमा भक्तजनले सहयोग गर्नुभएको नगद तथा जिन्सीका विवरण महोत्सव सम्पन्न भएको तीन दिनपछि सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिका संयोजक तथा मठाधीश स्वामी केशवा आचार्य (सूर्यपाकी)ले जानकारी दिनुभयो ।

झुला महोत्सव तथा शृङ्गारिक महाआरती आगामी भदौ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । रासस




भर्खरै