२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ह्याकर्स हन्ट अपरेसन’



symbolic picture
अ+ अ-

काठमाडौँ । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ । ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ ।

‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरुलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो ।

उनीहरुले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले सोमबार जारी गरेको सूचनामा जनाइएको छ ।