१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः ब्राइटनमाथि साउथह्याम्पटनको जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा सोमबार राति भएको खेलमा साउथह्याम्पटनले एक गोलले पछाडि रहेको स्थिति उल्ट्याएर ब्राइटनलाई २–१ ले हराएको छ । पारम्परिक दक्षिणतटीय प्रतिद्वन्द्वीबीचको खेलमा ब्राइटनले पास्कल ग्रसको गोलमा अग्रता लिएको थियो ।

त्यसयता साउथह्याम्पटनका लागि जानिक भेस्टगार्ड र ड्यानी इन्ग्सले गोल गरे । इन्ग्सले ८१औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् । यो नतिजापछि साउथह्याम्पटनको ११ खेलबाट २० अंक भएको छ ।

यससँगै क्लब लिग तालिकाको पाँचौं स्थानमा उक्लन सफल पनि भएको छ । ब्राइटन भने १० अंकसहित १६औं स्थानमा रह्यो । यो रेलिगेसन क्षेत्रबाट चार अंकको दूरी मात्र हो ।