१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालोटेली इटालीको दोस्रो डिभिजनमा अनुबन्धित



अ+ अ-

रोम । इटालीका स्ट्राइकर एवं विवादास्पद फुटबल खेलाडी मारियो बालोटेली दोस्रो डिभिजनको मोन्जा फुटबल क्लबमा अनुबन्धित भएका छन् । 

ब्रेसियासँगको करार समाप्त भएपछि उनी कुनै पनि क्लबमा आबद्ध भएका थिएनन् । ब्रेसिया गत सिजनमा कमजोर प्रदर्शन गर्दै सिरी ए बाट बिदा भएको थियो । 
३० वर्षीय बालोटेली यस सिजनको अन्त्यसम्म मोन्जामा रहने छन् । 

मोन्जाले प्रकाशन गरेको वक्तव्यमा मोरियो बालोटेलीको अनुबन्धले क्लब अझ सशक्त हुने जनाउँदै उनी सन् २०२१ को जुन ३० सम्म रहने बताएको छ ।