२ पुष २०८२, बुधबार
,
Latest
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्र्ड टेबल टेनिस डेमा विशेष कार्यक्रम हुने



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय टेबल टेनिस फाउन्डेसन र विराटनगर टेबल टेनिसको आयोजनामा अप्रिल ६ ‘वल्र्ड टेबल टेनिस डे’ मा विराटनगरमा विशेष कार्यक्रम हुने भएको छ । 

‘महिला शसक्तिकरण र लैंगिक समानता’ मूल नारासहित हुने त्यस कार्यक्रममा माध्यमिक विद्यालय, उच्च माध्यमिकन विद्यालय र महिला पारा टेबल टेनिस खेलाडीलाई प्रशिक्षण दिइनेछ । यस्तै समूहगत स्पर्धामा पनि प्रतियोगिता हुनेछन् । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यका अनुसार काउन्डेसनले विशेष कार्यक्रमका लागि नेपाललाई पनि रोजेको हो । यसअघि संघले फाउन्डेसनमा कार्यक्रमका लागि छनोट गर्न अनुरोध सहितको कार्यक्रमको विवरण पठाएको थियो ।

संघको आयोजनामा यसअघि पनि ‘वल्र्ड टेबल टेनिस डे’ का अवसरमा विधिध कार्यक्रम आयोजना गर्दै आएको छ ।