९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । एकै दिन २१ सय रुपैयाँ बढेर सुनले नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्म कै उच्च हो । यसअघि साउन २१ गते सुनको उच्च मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।

सोमबार छापावाला सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।