१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार १३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार थप १ हजार ३ सय ८२ जनामा संक्रमण देखिएको हो । यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । 

हालसम्म मुलुकभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन् भने २ लाख २९ हजार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार मात्रै १ हजार ६ सय २१ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।