२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय युवा दिवस : छ युवा सम्मानित



अ+ अ-

गण्डकी: अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले) कास्कीले विभिन्न क्षेत्रका छजना युवालाई सम्मान गरेको छ । पोखरामा आज आयोजित एक कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका छजनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डा विकास गौचन, प्राध्यापक सुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी रहनुुभएको छ ।

सम्मानितमध्ये करण बर्दियाका हुनुुहुन्छ भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मेहुर्केर यहीँ क्रियाशील हुनुुहुन्छ । युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा एमाले जिल्ला कमिटी सचिव दर्शन लामाले बताउनुुभयो ।

उहाँहरूलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङ, पार्टी जिल्ला इन्चार्ज कृष्णबहादुर थापा, अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष पूर्ण लामालगायतले सम्मान गर्नुुभएको थियो । रासस