९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय युवा दिवस : छ युवा सम्मानित



अ+ अ-

गण्डकी: अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले) कास्कीले विभिन्न क्षेत्रका छजना युवालाई सम्मान गरेको छ । पोखरामा आज आयोजित एक कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका छजनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डा विकास गौचन, प्राध्यापक सुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी रहनुुभएको छ ।

सम्मानितमध्ये करण बर्दियाका हुनुुहुन्छ भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मेहुर्केर यहीँ क्रियाशील हुनुुहुन्छ । युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा एमाले जिल्ला कमिटी सचिव दर्शन लामाले बताउनुुभयो ।

उहाँहरूलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङ, पार्टी जिल्ला इन्चार्ज कृष्णबहादुर थापा, अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष पूर्ण लामालगायतले सम्मान गर्नुुभएको थियो । रासस