२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्की शकिबः मैदानमा देखाए रिस, सुपर ओभर खेल्न अस्वीकार गरेपछि टोलीले हार ब्यहोर्यो



अ+ अ-

काठमाडौँ । बंगलादेश क्रिकेट टिमका अलराउन्डर शकिब अल हसन आफ्नो क्रोधित बानीका कारण सधैं चर्चामा रहन्छन् । फेरि पनि उनले केही त्यस्तो गरे जसको चर्चा भइरहेको छ ।

शकिबले क्यानडाको जीटी टी–२० लिग खेलेका थिए । उनले यो लिगमा बंगला टाइगर्स मिसिसाउगाको कप्तानी गरेका छन् ।

यस लिगको एक खेलमा शकिबले सुपर ओभर खेल्न अस्वीकार गरेका थिए जसका कारण टोलीले हार बेहोरेको थियो ।

योसँगै उनको टोली यस लिगबाट बाहिरिन पुग्यो । बंगला टाइगर्सले टोरन्टो नेशनल्ससँग खेल खेलेको थियो तर खेल वर्षाले प्रभावित भएको थियो ।

यस्तो अवस्थामा म्याच अफिसियलहरूले सुपर ओभर गरेर खेलको निर्णय गर्न चाहेका थिए जसमा शकिब सहमत भएनन् ।

केही ओभरमा खेलिए पनि सुपर ओभरको सट्टा खेल सञ्चालन गर्न सकिब चाहन्थे । उनको भनाइ स्वीकार भएन र त्यसैले उनी सुपर ओभरमा टस गर्न आएनन् । यस्तो अवस्थामा टोरन्टो टोलीलाई खेलको विजेता घोषित गरियो ।

यदि यो खेल पानीका कारण पूर्णतया वासआउट भए शकिबको टोली अंक तालिकामा टोरन्टोभन्दा अगाडि रहेकोले क्वालिफायरमा पुग्ने थियो ।

यस विषयमा लिगका प्रमुख कार्यकारी अधिकृत जोय भट्टाचार्यले नियमको हिस्सा भएकाले सुपर ओभरबाट खेलको नतिजा निकाल्ने प्रयास भएको बताए ।

वेबसाइट ईएसपीएनक्रिकइन्फोसँग कुरा गर्दै भट्टाचार्यले भने, ‘हामी कुनै न कुनै नतिजा ल्याउने प्रयास गरिरहेका थियौं । तर सुपर ओभर खेल्न नसकेको टोलीका लागि यो दुःखको कुरा हो । यो नियमको हिस्सा थियो ।’

यो पनिः रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि

 




भर्खरै