३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनामाथि युभेन्टसको सहज जित



अ+ अ-

काठमाडौं । मंगलबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा युभेन्टसले बार्सिलोनामाथि शानदार जित निकालेको छ। क्याम्प नाउमा भएको समूह ‘जी’ को खेलमा युभेन्टसले घरेलु टोली बार्सिलोनामाथि ३-० को सानदार जित निकालेको हो। खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत खेलमा युभेन्टसले अग्रता बनाएको थियो । त्यस्तै खेलको २० औं मिनेटमा मेक केनीले  युभेन्टसले युभेन्टसका लागि थप एक गोल गर्दै खेललाई २-० को अग्रतामा पुर्याएको थियो । सात मिनेटमा दोस्रो गोल गर्‍यो।

रोनाल्डोलाई बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि युभेन्टसले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो।

दोस्रो हाफमा युभेन्टसले फेरि पेनाल्टीको अवसर पायो। पेनाल्टी क्षेत्रभित्र क्लेमेन्ट लेङलेटले ह्याण्डबल गरेपछि पाएको अवसरको सदुपयोग गर्दै फेरि खेलको ५२ औं मिनेटमा रोनाल्डोले नै गोल गरे। र युभन्टेस ३-० को जित निकाल्न सफल भयो।

जितसँगै युभेन्टस समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने बार्सिलोना दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।