१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनामाथि युभेन्टसको सहज जित



अ+ अ-

काठमाडौं । मंगलबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा युभेन्टसले बार्सिलोनामाथि शानदार जित निकालेको छ। क्याम्प नाउमा भएको समूह ‘जी’ को खेलमा युभेन्टसले घरेलु टोली बार्सिलोनामाथि ३-० को सानदार जित निकालेको हो। खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत खेलमा युभेन्टसले अग्रता बनाएको थियो । त्यस्तै खेलको २० औं मिनेटमा मेक केनीले  युभेन्टसले युभेन्टसका लागि थप एक गोल गर्दै खेललाई २-० को अग्रतामा पुर्याएको थियो । सात मिनेटमा दोस्रो गोल गर्‍यो।

रोनाल्डोलाई बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि युभेन्टसले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो।

दोस्रो हाफमा युभेन्टसले फेरि पेनाल्टीको अवसर पायो। पेनाल्टी क्षेत्रभित्र क्लेमेन्ट लेङलेटले ह्याण्डबल गरेपछि पाएको अवसरको सदुपयोग गर्दै फेरि खेलको ५२ औं मिनेटमा रोनाल्डोले नै गोल गरे। र युभन्टेस ३-० को जित निकाल्न सफल भयो।

जितसँगै युभेन्टस समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने बार्सिलोना दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।