११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ अर्ब १० करोडको आइपीओ ल्याउँदै यी कम्पनीहरु



अ+ अ-

काठमाडौं । चार वटा कम्पनीहरुले ९ अर्ब १० करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी , न्यादी हाइड्रो पावर कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाले आइपोओको लागि अनुमति मागेका हुन् ।  

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आइपीओ निष्काशन गर्न अनुमति माग्दै मंसिर १९ गते निवेदन दिएको हो । उक्त कम्पनीको एनआइबीएल एस क्यापिटल बिक्रि प्रबन्धकमा रहेको जनाएको छ । ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दैछ । ज्योतिको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । त्यस्तै महिला लघुवित्त वित्तिय संस्थाले ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको छ । उक्त संस्थाको बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ । न्यादी हाइड्रो पावर लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बरारबको आइपीओ निष्काशन गर्न लागेको हो । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक ठूलो राशीको आइपीओ निकाल्ने तयारीमा रहेको जनाएको छ । त्यस्तै, न्यादी हाइड्रो पावरले पनि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न अनुमति मागेको हो।