११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फाईनान्सको १२५ प्रतिशत हकप्रदका लागि आज आवेदन दिने अन्तिम दिन



अ+ अ-

काठमाडौँ । नेपाल फाईनान्स लिमिटेडको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले कात्तिक ५ गतेसम्म कायम साबिक शेयरधनीहरुका लागि मंसिर ४ गतेदेखि १ शेयर बराबर १ दशमलव २५ शेयरको अनुपातमा हकप्रद शेयर बिक्री निष्काशन खुल्ला गरेको थियो । 

यो हकप्रद शेयर विक्री गर्न कम्पनीले असोज १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद शेयर विक्री गर्न भने कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । 
यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. १३ करोड ५८ लाख १ हजार रहेको छ । हकप्रद पश्चात यो पूँजी रू. ३० करोड ५५ लाख ५१ हजार पुग्नेछ । उक्त हकप्रद बिक्री कार्य आज बैंकिङ समय पछि बन्द गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। 




भर्खरै