४ भाद्र २०८३, बिहीबार
,
Latest
एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा भलिबलमा सहभागी खेलाडीले जनही तीन लाख रुपयाँ पुरस्कार पाउने



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिवल प्रतियोगितामा द्धितीय भएका खेलाडीहरुलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सफारिस गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउने छन् ।

यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजार नगद पुरस्कार पाउने छन् ।

साउन १७ गते देखि २३ गते सम्म सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।

यस्तै सेमिफाईनलमा इरानलाई पराजित गरि फाईनल पुगेको नेपाली टिम भारत संग पराजित हुदाँ द्धितीय भएको हो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।




भर्खरै