१८ श्रावण २०८३, सोमबार
,
Latest
सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन ​नार्पाभूमि गाउँपालिकामा बेरुजु ‘शून्य’ : वित्तीय अनुशासन र सुशासनको उदाहरणीय सफलता मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न राप्रपा नेपालको सरकारसँग माग



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरू माथि संगठित आक्रमण भइरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको जनाएको छ ।

राप्रपा नेपालले एक वक्तव्य जारी गर्दै धार्मिक आस्थाको आधरमा गरिने हिंसाप्रति सचेत बिश्व समुदाय मौन रहन नसक्ने उल्लेख गरेको छ ।

‘बंगलादेशका जनताले बिभिन्न मागहरु राखेर गरेको आन्दोलनकाबारेमा हाम्रो भन्नु केही छैन । त्यो उनिहरुको अधिकार हो । तर, धार्मिक आस्थाको आधरमा गरिने हिंसाप्रति सचेत बिश्व समुदाय मौन रहन सक्दैन। आन्दोलनको बलमा सत्ता परिवर्तन भइसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानवअधिकारको ठाडो उल्लंघन हो ।’ विज्ञप्तीमा भनिएको छ ।

धार्मिक आस्थाको आधरमा भएका हिंसाको घोर भत्सर्ना र बिरोध गर्दै राप्रपाले मानवताविरुद्धको यस्ता घटनाप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाउनु र मौन रहनु आश्चर्यजनक रहेको उल्लेख गरेको छ ।

‘हिन्दूहरूमाथि भइरहेको आक्रमण अन्त्य गर्न र पिडितहरुको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।