४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको विद्यालयमा इजरायली हमलाः एक सय भन्दा बढीको मृत्यु, दर्जनौँ घाइते



अ+ अ-

एजेन्सी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सय सम्म पुगेको अनुमान गरेको छ ।

“मृतकको सङ्ख्या हालसम्म ९० देखि एक सयको बीचमा भएको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो”, विभागका प्रवक्ता महमुद बासलले बताउनुभयो ।

गाजाको सरकारी सञ्चार कार्यालयले आक्रमणमा एक सय भन्दा बढीको मृत्यु भएको बताएको छ ।

इजरायली सेनाले अल–ताबिन विद्यालयमा रहेको हमासको “कमान्ड एन्ड कन्ट्रोल सेन्टर” मा आक्रमण गरेको बताएको छ ।

इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ ।

गाजा सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताले बताएअनुसार आक्रमणमा १ सय भन्दा बढीको मत्यु र दर्जनौं घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।“

गाजा सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन् ।