१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिड



अ+ अ-

लन्डन । बुधबार युरोपेली च्याम्पियन्स लिगमा करिम बेन्जेमाले हेडबाट गरेको दुई गोलमा रियल म्याड्रिडले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–० ले हराएको छ । यो जितपछि रियल अन्तिम १६ मा पुग्न सफल रह्यो । मुन्छेनग्लाडबाख पनि समूह ‘बी’ बाट नकआउट चरण पुग्ने अर्को टिम बन्यो ।

बेन्जेमाले नवौं मिनेटमा पहिलो र ३२औं मिनेटमा दोस्रो गोल गरेका थिए । समूहको अर्को खेलमा इन्टर मिलान र साख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि मुन्छेनग्लायडबाख अगाडि बढ्न सकेको हो । यो नतिजाले इन्टर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जिनेदिन जिदानको रियल १० अंकसहित शीर्ष स्थानमा छ भने मुन्छेनग्लाडबाख आठ अंकसहित दोस्रोमा ।