१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन



अ+ अ-

काठमाडौं । इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा रोमको इट्लीमा निधन भएको हो । उनको निधन भएको खबर इटालियन टिभी च्यानल राई स्पोर्टस्ले समाचार सार्वजनिक गर्दै जानकारी दिएको थियो । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए । 

टेलिभिजन प्रस्तोता इन्निरको भारियलीले भने, ‘निकै भयावह र दुखद् समाचार, पाउलो रोस्सीले हामीलाई छाडेका छन् ।’ यस समाचारलाई सामाजिक सञ्जालमार्फत रोस्सीकी पत्नी फेडेरिका केपिलेट्टीले पुष्टि गरेकी छिन् ।

 यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन ।