१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को फाइनलमा पुगे ‘सन्तोष साह ‘



अ+ अ-

लन्डन । नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् । 'बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन् । बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुग्न सफल भएका थिए । अन्य ३ प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप २ जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।

बिहीबारको एपिसोडमा सन्तोषले योमरीसहित निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत इन्डो चाइनिज परिकार र अचार पनि बनाएर खुवाए । प्रतियोगितामा सहभागी कुल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै टप ६ सम्मको यात्रा तय गर्न सफल सन्तोषले यसलाई आफ्नो करियरकै ठूलो उपलब्धि भनेका छन् । 'मास्टर सेफ प्रतियोगिता मेरो लागि जीवन परिवर्तनको माध्यम बन्यो,’ उनले खुसी साटे, 'नेपाली खाना विश्व जगत्‌लाई चिनाउने मेरो धोको एक हदसम्म पूरा भएको छ । म नेपाली पृथक् खानाको प्रवर्धनमा निरन्तर लागिरहनेछु ।'

गत मंगलबार सेमिफाइनलको पछिल्लो राउन्डमा उनले नेपालको हिमाली ‘कुइजिन’बाट प्रेरित भुटेको काँक्रोको बिया, भुटेको कटहरको बिया, बन तरुल, प्याजको अचार, स्याउको चट्नीलगायत परिकार प्रस्तुत गरेका थिए । त्यसअघि सन्तोषले भेडाको पोलेको मासु, मासुको झोल, सिस्नु, बेथेको साग, भाङको चटनी, आलु तरकारी, मकैको रोटी, तामाको अचारजस्ता मौलिक नेपाली परिकार पस्किएका थिए ।

सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका उनी २ दशकअघि एसएलसी फेल भएपछि १५ वर्षको कलिलो उमेरमै भारत पुगेर भाँडा माझ्ने काम गर्दै पाँचतारे होटलको एक्जुकेटिभ सेफसम्म बन्न सफल भए । सन् २०१० अन्त्यतिर वर्क पर्मिटमा बेलायत गएको एक दशक नबित्दै सन्तोष सफलताको शिखरमा पुगे । उनी बेलायतमा निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफसम्म भएका छन्। कान्तिपुर दैनिक