४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग, अन्तरिम सरकार गठनको तयारी



अ+ अ-

काठमाडौँ । बंगलादेशमा हिंसा बढ्दै गएपछि राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संसद भंग गरेका छन् । यसका साथै देशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई पनि रिहा गरिएको छ ।

मंगलबार बंगलादेशमा आन्दोलनरत विद्यार्थीहरूले दिउँसो ३ बजेसम्म संसद विघटन गर्ने अल्टिमेटम दिएका थिए । उनले छिट्टै अन्तरिम सरकारका लागि नाम प्रस्ताव गर्ने बताए ।

शेख हसिनाविरुद्ध दुई महिना लामो प्रदर्शनको क्रममा सोमबार धेरै हिंसा भएको थियो । यसपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

उनी ढाकाबाट अगरतला हुँदै भारत पुगेकी थिइन् । हिन्डन एयरबेसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीसँग करिब एक घण्टा कुराकानी गरेका थिए । हसिना लन्डन वा फिनल्याण्ड जान सक्छिन् ।

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार बंगलादेशको राजधानी ढाकामा आज स्थिति नियन्त्रणमा रहेको छ । तर, सोमबार प्रहरी चौकीमा आक्रमण र आगजनी भएपछि प्रहरीमा डरको वातावरण छ । जसका कारण मंगलबार ढाकाका सडकमा ट्राफिक प्रहरीको सट्टा सिपाही र विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेका छन् ।