४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल पुग्न इरानसँग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली महिला महिबल टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा पुग्न आज साँझ इरानसँग खेल्दैछ ।

नेपाल साँझ ५:१५ बजे दोस्रो सेमिफाइनल खेलमा इरानसँग भिड्न लागेको हो । नेपाललाई आज इरानसँग बदला लिने राम्रो अवसर छ । यसअघि लिग चरणको प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

आजै पहिलो सेमिफाइनल खेलमा भारत र श्रीलङ्काबीचच प्रतिस्पर्धा हुँदैछ ।

भारत लिग चरणको विजेता, नेपाल उपविजेता, इरान तेस्रो र श्रीलङ्का चौथो बन्दै सेमिफाइनलमा पुगेको हो ।

पाँच टोली सहभागी यस प्रतियोगितामा माल्दिभ्स भने लिग चरणको सबै खेलमा हार बेहोर्दै बाहिरिएको थियो ।