४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक ह्याक गरी साइबर अपराधमा संलग्न पक्राउ



अ+ अ-

काठमाडौँ । विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् । उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

थापाले पीडितको फेसबुक ह्याकगरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमान्बीच भएका कुराकानीलगायत सामग्री सङ्कलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेलगरी मानसिक तनाव, दु:ख हैरानी दिइ समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्युरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताउनुभयो ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्तागरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेस भएको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउगरी आज सार्वजनिक गरेको हो ।

उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको ब्युरोले आज जारी गरेको सूचनामा उल्लेख छ ।