४ भाद्र २०८३, बिहीबार
,
Latest
एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिक: पुरुषको १०० मिटर दौडमा अमेरिकाका नोआ लिल्स विजयी, ०.५ सेकेण्डको अन्तरले स्वर्ण जिते



अ+ अ-

एजेन्सी । पुरुष १०० मिटर दौडमा अमेरिकी एथलीट नोआ लिल्स विजयी भएका छन् । लिल्सले जमैकाका किशाने थम्पसनलाई पराजित गर्दै स्वर्ण पदक जिते ।

यस प्रतियोगिताको कास्य पदक अमेरिकाका फ्रेड केर्लीले जिते । टोकियो ओलम्पिक च्याम्पियन इटालीका ज्याकब लोमान्ट मार्सेल पाँचौ स्थानमा रहे र स्वर्ण पदक जोगाउन सकेनन् ।

लिल्स जस्टिन ग्याटलिनपछि पुरुष १०० मिटरमा स्वर्ण पदक जित्ने पहिलो अमेरिकी खेलाडी हुन् । ग्याटलिनले २००४ एथेन्स ओलम्पिकमा स्प्रिन्टमा स्वर्ण पदक जितेका थिए । लिल्सले ९.७८४ सेकेण्डको व्यक्तिगत उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जिते भने दोस्रो स्थानमा रहेकी थम्पसनले ९.७८९ सेकेन्डमा समय पुरा गर्दै रजत पदक जिते ।

लिल्स र थम्पसनबीच मात्र ०.५ सेकेण्डको अन्तर थियो । कास्य पदक जित्ने केर्लीले ९ दशमलव ८१० सेकेण्डमा दौड पूरा गरी तेस्रो भए ।

एथलीटहरूले नतिजा जान्न सामान्य भन्दा लामो समय कुर्नुपरेको थियो किनभने दौड समाप्त गर्ने पहिलो सात खेलाडीहरू ठूलो स्क्रिनमा देखाइएका थिए र धेरै नजिक देखिन्थ्यो । तर, लिल्स विजेता घोषित भए ।

 




भर्खरै