१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने



अ+ अ-

कास्की । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसमेत रहनुभएका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो ।

सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ । सोही दिन खुला रक्तदान कार्यक्रम राखिएको छ । सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरेबमोजिम पदक विजेता खेलाडीलाई सुनको पदकले सम्मान गरिने गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस् भनेर पुरस्कार घोषणा गरेको थिएँ, सोहीअनुसार स्वर्ण विजेतालाई सुनको पदकबाट सम्मान गर्नेछौँ ।” संयोजक गुरुङ बक्सिङका पूर्वखेलाडी तथा नेपाल बक्सिङ सङ्घका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ ।

एकेडेमीले यही मङ्सिर ८ गते पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा निधन हुनुभएका प्याराग्लाइडिङका पाइलट एवं बडीविल्डिङ तथा कराँतेका खेलाडी राजु नेपालीको परिवारलाई समेत रु एक लाख एक हजार १११ आर्थिक सहयोग गर्ने एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।