१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काममा हुने ढिलासुस्तीलाई अन्त्य गर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा मातहतका महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखसँगको समीक्षा बैठकमा उहाँले काम गर्न नसके मार्ग प्रशस्त गर्न समेत आग्रन गर्नुभयो ।

“हामी आगामी कार्यक्रम समय तोकेरै निर्धारण गर्नेछौँ र सोहीबमोजिम कार्य सम्पादन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काम गर्न नसक्नेहरुले बाटो खाली गर्न सक्नुहुन्छ ।” उहाँले छ महिनामा देखिने गरी कम गर्न नसके आफू पनि जिम्मेवारीमा नरहने बताउनुभयो ।

चालु खर्च शतप्रतिशत हुने र पुँजीगत खर्च निकै कम हुने गरेको उल्लेख गर्दै उक्त समस्या समाधान हुने गरी काम गर्न आग्रह गर्नुभयो । “अहिले देखिएका समस्या मलाई भन्नुहोस्, समाधान गर्ने जिम्मेवारी मेरो हो, तर काममा कुनै सम्झौता हुँदैन”, उहाँले भन्नुभयो, “जनगुनासो नआउने गरी काम गर्न म सबैलाई निर्देशन दिन्छु ।” मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम समेत राख्नुभएको छ ।

मन्त्री भण्डारीले अनलाइनबाट सेवा प्रवाह गर्ने उल्लेख गर्दै कुनै पनि व्यवसायी फाइल बोकेर मन्त्रालय आउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनशक्ति अभाव भए आफूलाई भन्न पनि आग्रह गर्नुभयो ।

उहाँले तीन महिनामा एक तिहाई काम सम्पन्न गरिसक्न र सोही अनुसार शतप्रतिशत नतिजा दिनका लागि उच्च मनोवलका साथ काममा खटिन आग्रह गर्नुभयो । रासस