२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुमित रौनियारका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको २०८० असोज २२ गतेको फैसला गरेको थियो ।

आयोगले प्रतिवादी बनाएकालाई विशेष अदालतले गरेको फैसला कानुनसम्मत नभएको र त्रुटिपूर्ण रहेको जिकिर गर्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले काठमाडौँको टेकु पुल निर्माणमा अनियमितता भएको ठहर गर्दै रौनियारलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले दायर गरेको मुद्दाको २०८० असोज २२ गते फैसला गरेको थियो ।