• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

‘गलबन्दी’ ले दिलायो गायक सपुतलाई ‘आदर्श विशेष सम्मान’



बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । 

जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताउनुभयो ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् । उहाँ चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै हुनुहुन्छ । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ । 

उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताउनुभयो । ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो ।