१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल



अ+ अ-

मिलान । इटालीको सिरी ‘ए’ मा आइतबार युभेन्ट्सले जेनोआलाई ३–१ ले हरायो । युभेन्ट्सका लागि पहिलो गोल डिबालाले खेलको ५७ औं मिनेटमा गरेको थियो । त्यसपश्चात जेनोआका लागि भने ६१ औं मिनेटमा स्तुरारोले गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याएको थियो । त्यस्तै युभेन्ट्सका लागि अन्य २ गोल भने क्रिष्टियानो रोनाल्डोले गरे । 

उनले ७८ र ८९ औं मिनेटमा गोल गरेका हुन् । यस सिजन लिगमा उनले गरेको गोल संख्या १० पुगिसकेको छ । यसअघि बार्सिलोनामाथि प्राप्त जितमा पनि रोनाल्डोले पेनाल्टीबाटै दुई गोल गरेका थिए ।

यो जितपछि युभेन्ट्स ११ खेलबाट २३ अंकसहित चौथो स्थानमा रह्यो । एसी मिलान २७ अंकसाथ शीर्ष स्थानमा छ ।