१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनका लागि एमालेको उम्मेदवार सिफारिसका लागि मापदण्ड तयार



अ+ अ-

काठमाडाैं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड तयार पारेको छ । मंगलबार बसेको  सचिवालय बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको हो।अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा  बसेको एमाले सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने तथा निर्णय प्रदेश कमिटीले गर्ने गरी मापदण्ड तय गरेको छ । बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने तथा टिकटको निर्णय पार्टी केन्द्रले गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देश गर्ने भएको छ ।

आगामी चुनावी रणनीति बनाउन एमालेले यही चैत ७ गते पोलिटब्यूरो तथा चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिनुभयो । बैठकले निर्वाचनका लागि घोषणापत्र निर्माण गर्नेसमेत निर्णय गरेको छ ।

यसै गरी बैठकले  थिंक ट्यांकहरु रहेको निर्देशक समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा  गठन समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा राजन भट्टराई , डा. युवराज खतिवडा, डा. दिनेश देवकोटा,डा. अन्जान शाक्य,डा. राजेश अहिराज र डा. योगेन्द्र ढकाल (अजय शर्मा) रहनु भएको छ ।