९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भारतीय रिजर्व बैंक बाट२४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट सेवा

भारतीय रिजर्व बैंक बाट२४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट सेवा
अ अ+ अ-

भारत ।  भारतीय रिजर्व बैंकले २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट सुबिधा  प्रदान गर्ने भएको छ । भारतमा डिजिटल कारोबार गर्ने व्यक्तिको संख्यामा बृद्धि हुदै गएपछि  भारतीय रिजर्व बैंकले सोमबार  देखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (RTGS) को सुविधा प्रदान गर्ने घोषणा गरेको हो ।

 यो सेवा १ डिसेम्बर राति १२ः३० बजे देखि सेवाग्राहीका लागि उपलब्ध हुनेछ। भारतीय रिजर्व बैंकले आरटीजीएस सुविधा १ डिसेम्बरदेखि दिनको २४ सै घण्टा उपलब्ध हुने घोषणा गरेको छ। यसको अर्थ सेवाग्रहीहरूले अब उपरान्त आरटीजीएस मार्फत कुनै पनि समयमा पैसा हस्तान्तरण गर्न सक्नेछन । यसपश्चात् भारत ती देशहरूको सुचीमा समावेश हुनेछ, जहाँ आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध छ।
आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकोले  आरबीआईले आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरेको बताए। आरबीआईले भारतीय वित्तीय बजारको तर्फबाट वैश्विक एकीकरणको प्रयासलाई सहयोग पुर्‍याउन आरटीजीएसको समय विस्तार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए। 

आरटीजिएस डिजिटल कोष स्थानान्तरणको एक विधि हो। यसको मद्दतबाट पैसा एकदमै छोटो समयमा हस्तान्तरण हुन्छ। आरटीजीएस मुख्य रूपमा ठूलो रकम स्थानान्तरणको लागि प्रयोग गरिन्छ। यस मार्फत  न्यूनतम २ लाख र अधिकतम १० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिन्छ ।