२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन्



अ+ अ-

काठमाडौँ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिएकी छिन् ।

५७ केजी मुनिको तौल समूहमा नेपालककी मनितालाई सर्वियाकी मारिका पेरिचिजले इप्पोनमा सहजै पराजित गरिन् । मनिता १ मिनेट दुई सेकेण्ड मात्रै म्याचमा टिकिन् ।

यो सहज हारमा जारी ओलम्पिक्समा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौथो खेलाडी हुन् । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र पौडीका डुवाना लामा पनि पहिलो चरणबाट नै बािरिसकेका छन् ।

मनिता सागकी रजत विजेता खेलाडी हुन् भने उनीसँग वल्र्ड च्याम्पियनसिप खेलेको अनुभव पनि छ । तर उनले ओलम्पिक्समा प्रभावशाली प्रदर्शन गर्न सकिनन् ।

जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा छ । उनी रियो ओलम्पिक्समा पूरै समय म्याटमा टिकेकी थिइनन् । आजै प्रिन्स दाहालले पनि समूह चरणको खेल खेल्दैछन् ।