१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । बसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले बताउनु भएको छ।

सहभागीहरुमा दीपक श्रेष्ठ, उद्धव थापा मगर, कमल मगर, श्याम डंगोल, कुसुम तामाङ, सञ्जयराज पुटुवार, डोमा तामाङ, रवि महर्जन, सरिना घले, मओज विन्दुकार र प्रतिमा राउत रहेका छन् ।

ग्रेडिङ सञ्चालन गर्न संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । उमा कुङफु फेडेरेसनका अध्यक्ष रिचार्ड होप्किन्सको निगरानीमा ग्रेडिङ सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिनु भएको छ । सहभागीलाई फेडेरेसनबाट प्राप्त प्रमाण पत्र पनि वितरण गरिएको छ ।