३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौँको बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ परेका छन् ।

बालाजु चोकमा रहेको एटीएम मेसिन फुटाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भएका १८ वर्षिय राधेश्याम बैठा पक्राउ परेका हुन् ।

आइतबार माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बैठाको साथबाट फलामको रड पनि बरामद गरेको छ ।

उनलाई प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।