५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी संसदीय छानविन विशेष समितिको बैठकमा के–के भयो छलफल ?



अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको २२ औं बैठक बसेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष प्रविणकुमार झालगायत प्रतिनिधिहरुसहित बसेको बैठकमा सहकारी क्षेत्रको लेखापरीक्षणको क्रममा देखिएका समस्या, वचत दुरुपयोग र ठगीको बारेमा लेखापरीक्षण र लेखापरीक्षकको महत्त्वपूर्ण भुमिकाका बारेमा कानुनी प्रबन्ध र गर्नुपर्ने सुधारको विषयमा व्यापक छलफल भएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

साथै, वचत तथा ऋण सहकारी संस्थाहरूमा नियमन नगर्ने हो भने बन्द गर्नुहुने सुझावसमेत उहाँहरूबाट प्राप्त भएको सभापति थापाले बताउनुभयो ।

यस्तै, बैठकमा लेखापरीक्षकले कैफियत देखाएका विषयमा शेयर सदस्यहरूले ध्यान नदिने गरेको, बरू लाभांश, खानपान र यातायातलगायतमा ध्यान दिने स्थिति रहेको प्रवृत्ति पनि उल्लेख गरिएको छ ।

सभापति थापाका अनुसार सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखापरीक्षण गर्ने, हस्ताक्षरचाहिं रजिष्टर्ड लेखापरीक्षकले गर्ने, यसो गर्दा हस्ताक्षरकर्तालाई लेखापरीक्षणको अवस्था थाहा नहुने र लेखापरीक्षण गर्नेको प्रतिवेदना हस्ताक्षर नहुने बेथिति अन्त्य गर्न पनि जोड गरिएको छ ।

साथै, संचालक समितिको इच्छाअनुसारको लेखापरीक्षण प्रतिवेदन बनाउने गरी लेखापरीक्षक नियुक्त गरिने अवस्था हट्नु आवश्यक रहेको तथ्य समेत औँल्याइएको छ ।