२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी संसदीय छानविन विशेष समितिको बैठकमा के–के भयो छलफल ?



अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको २२ औं बैठक बसेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष प्रविणकुमार झालगायत प्रतिनिधिहरुसहित बसेको बैठकमा सहकारी क्षेत्रको लेखापरीक्षणको क्रममा देखिएका समस्या, वचत दुरुपयोग र ठगीको बारेमा लेखापरीक्षण र लेखापरीक्षकको महत्त्वपूर्ण भुमिकाका बारेमा कानुनी प्रबन्ध र गर्नुपर्ने सुधारको विषयमा व्यापक छलफल भएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

साथै, वचत तथा ऋण सहकारी संस्थाहरूमा नियमन नगर्ने हो भने बन्द गर्नुहुने सुझावसमेत उहाँहरूबाट प्राप्त भएको सभापति थापाले बताउनुभयो ।

यस्तै, बैठकमा लेखापरीक्षकले कैफियत देखाएका विषयमा शेयर सदस्यहरूले ध्यान नदिने गरेको, बरू लाभांश, खानपान र यातायातलगायतमा ध्यान दिने स्थिति रहेको प्रवृत्ति पनि उल्लेख गरिएको छ ।

सभापति थापाका अनुसार सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखापरीक्षण गर्ने, हस्ताक्षरचाहिं रजिष्टर्ड लेखापरीक्षकले गर्ने, यसो गर्दा हस्ताक्षरकर्तालाई लेखापरीक्षणको अवस्था थाहा नहुने र लेखापरीक्षण गर्नेको प्रतिवेदना हस्ताक्षर नहुने बेथिति अन्त्य गर्न पनि जोड गरिएको छ ।

साथै, संचालक समितिको इच्छाअनुसारको लेखापरीक्षण प्रतिवेदन बनाउने गरी लेखापरीक्षक नियुक्त गरिने अवस्था हट्नु आवश्यक रहेको तथ्य समेत औँल्याइएको छ ।