२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङको नाटक मीतज्यू भोलिबाट मण्डला थिएटरमा मञ्चन हुँदै, बुद्दि तामाङ र विजय बराल मुख्य भूमिकामा



अ+ अ-

काठमाडौं । नेपाली सिने जगतका चर्चित कलाकार दयाहाङ राईद्वारा निर्देशीत तथा नाटककार सोमनाथ खनालको नाटक मितज्यू भोलीबाट मञ्चन हुँदैछ ।

नाटक मीतज्यू भोलिबाट नयाँ बानेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ । नाटक मीतज्यू भोली ८ गते (मंगलबार)देखी १३ गते (अईतबार)सम्म मञ्चन हुनेछ । नाटक हरेक दिन साँझ ५ बजे र शुक्रबार र शनिबार १ बजे पनि मञ्चन हुने बताईएको छ ।

नाटक मितज्यूको सार्वजनिक पोस्टरमा देखाईएअनुसार नाटकमा विजय बराल तथा बुद्दि तामाङ जस्ता चर्चित रङ्गकर्मीहरुको मुख्य भूमिकामा रहेको छ ।