३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: उल्भ्ससँग चेल्सी पराजित, सिटी बराबरीमा



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगमा उल्भ्सले पछाडि रहेको स्थिति उल्ट्याएर चेल्सीलाई २–१ ले हराएको छ । पेड्रो नेटोले दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे ।

अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमबाट १–१ को बराबरीमा रोकियो । यो नतिजाले यसपल्टको लिग उपाधिको होड खुला रहेको फेरि सिद्ध भएको छ । चेल्सीलाई ओलिभर जिरोडले अग्रता दिलाएका थिए । लगत्तै ड्यानिएल पोडेन्सले बराबरी गोल फर्काए ।

सिटीले इल्कयी गुन्डोगनको गोलले अग्रता लिएयता रुबेन डायसले आत्मघाती गोल गरेपछि वेस्ट ब्रुम हारबाट जोगियो । चेल्सी २२ अंकसहित पाँचौं स्थानमा छ । यस्तै सिटी २० अंकसहित छैटौं स्थानमा छ । उल्भ्स भने २० अंकसहित दसौं स्थानमा उक्लिन सफल भएको छ । वेस्ट ब्रुम ७ अंकसहित पुछारबाट दोस्रो स्थानमा कायम छ ।