१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: उल्भ्ससँग चेल्सी पराजित, सिटी बराबरीमा



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगमा उल्भ्सले पछाडि रहेको स्थिति उल्ट्याएर चेल्सीलाई २–१ ले हराएको छ । पेड्रो नेटोले दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे ।

अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमबाट १–१ को बराबरीमा रोकियो । यो नतिजाले यसपल्टको लिग उपाधिको होड खुला रहेको फेरि सिद्ध भएको छ । चेल्सीलाई ओलिभर जिरोडले अग्रता दिलाएका थिए । लगत्तै ड्यानिएल पोडेन्सले बराबरी गोल फर्काए ।

सिटीले इल्कयी गुन्डोगनको गोलले अग्रता लिएयता रुबेन डायसले आत्मघाती गोल गरेपछि वेस्ट ब्रुम हारबाट जोगियो । चेल्सी २२ अंकसहित पाँचौं स्थानमा छ । यस्तै सिटी २० अंकसहित छैटौं स्थानमा छ । उल्भ्स भने २० अंकसहित दसौं स्थानमा उक्लिन सफल भएको छ । वेस्ट ब्रुम ७ अंकसहित पुछारबाट दोस्रो स्थानमा कायम छ ।