२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिकको पहिलो दिनमै चीनलाई दुई स्वर्ण पदक, वर्षाका कारण खेल तालिका प्रभावित



अ+ अ-

एजेन्सी । चीनले पेरिस ओलम्पिकको पहिलो दिन नै दुई स्वर्ण पदक जितेको छ ।

पछिल्लो पटक सन् २००८ को ओलम्पिक पदक तालिकामा शीर्ष स्थानमा रहेको एसियाली पावरहाउस चीनले सुटिङ र सिंक्रोनाइज्ड डाइभिङमा स्वर्ण पदक जितेको हो ।

१० मिटर एयर राइफलको ‘मिक्स्ड टिम इभेन्ट’मा चीनका सेङ लिहाओ र हुआङ युटिङको जोडीले स्वर्ण पदक जितेको हो भने महिला तीन मिटर स्प्रिङबोर्डको फाइनलमा चीनकै अर्को जोडी चाङ यानी र चेन यिवेनले स्वर्ण पदक जितेको थियो ।

अष्ट्रेलियाले पनि महिला व्यक्तिगत समय परीक्षणमा साइकल यात्री ग्रेस ब्राउनको साथमा पहिलो स्वर्ण पदक जितेको छ ।

उद्घाटन समारोहमा शुक्रबार आएको बाढीपछि मौसमका कारण आयोजकका लागि टाउको दुखाइको विषय बनेको छ ।

पेरिसको ऐतिहासिक मुटुमा रहेको प्लेस डे ला कोनकोर्डमा हुने भनिएको पुरुष स्ट्रिट स्केटबोर्डिङ प्रतियोगिता रातभरको वर्षाका कारण सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

वर्षाका कारण रोलान्ड गार्रोसमा टेनिसको पहिलो राउन्डको खेल पनि प्रभावित भएको थियो भने बाहिरी कोर्टमा हुने तय भएका १० खेलको तालिका पनि प्रभावित भएको छ ।