२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस एटलान्टासँग बराबरीमा रोकियो



अ+ अ-

मिलान । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेपछि इटालीको सिरी ‘ए’ मा युभेन्टस बुधबार एटलान्टासँग १–१ को बराबरीमा रोकिएको छ । युभेन्टसले फेडरिको सिसाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा एटलान्टाका लागि रेमो फ्लुलरले बराबरी गोल गरे । रोनाल्डो भने ६१औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्न असफल रहे । यससँगै युभेन्टस खेलमा विजयी नतिजा निकाल्न असफल रह्यो ।

अंक–तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानले पनि जेनोआसँग २–२ को बराबरी खेल्यो । मिलानको २८ अंक छ । छिमेकी इन्टरमिलानले अर्को खेलमा रोमेलु लुकाकुको गोलमा नेपोलीलाई १–० ले हरायो ।

यससँगै इन्टरले मिलानसँगको दूरी एक अंकमा छोट्याएको छ । युभेन्टस भने २४ अंकसाथ दोस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपोलीको २३ अंक छ ।