९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आप्रवासी कामदार महासन्धि पारित नहुँदा महिला कामदारले दुःख पाए

आप्रवासी कामदार महासन्धि पारित नहुँदा महिला कामदारले दुःख पाए
अ अ+ अ-

काठमाडौ ।  आप्रवासी कामदार महासन्धि पारित भए नेपाली महिला कामदारहरुले राहत पाउने सरोकारवालाहरुले बताएका छन् ।  आप्रवासी कामदारको अधिकार दिवसका अवसरमा महिला कानून र विकास मञ्च लगायतका संस्थाहरुले आयोजना गरेका कार्यक्रममा सरोकारवालाहरुले आप्रवासी महिला कामदारहरुको हकहित संरक्षण गर्न महासन्धिले ठूलो सहयोग गर्ने बताएका हुन् ।

महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महासन्धि अनुमोदन भए सबै आप्रवासी कामदार र तिनीहरुका परिवारका सदस्यहरुको अधिकार संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । महासन्धिले कामदार उत्पत्तिको देश र रोजगारीका लागि जाने देशको दायित्व र के गर्ने भन्ने कुरा बोलेकाले अनुमोदनको आवश्यकता रहेको उहाँले बताउनुभयो । 


आप्रवासी महिला कामदार समूहका अध्यक्ष विजया राई श्रेष्ठले नेपाली महिला कामदारमाथि समय समयमा हुने प्रतिबन्धले समस्या हुने गरेको बताउनुभयो । प्रतिबन्धका कारण महिला कामदारहरुले धेरै दुःख पाउने गरेको उल्लेख गर्दै उहाँले महासन्धि अनुमोदन भएपनि महिला कामदारहरुले राहत पाउने बताउनुभयो । महासन्धिमा कुनै पनि राष्ट्र छोड्न पाउने र उत्पत्तिको राष्ट्रमा कुनै पनि समयमा प्रवेश गर्न र रहन पाउने अधिकारको संरक्षण गरिएको छ । यस्तै कामदारको बाँच्न पाउने अधिकार, यातना, क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको अधिकार र दासता विरुद्ध संरक्षणको अधिकार पनि संरक्षण गरिएको छ ।

कठोर श्रमसहित कारावासको सजाय पाएको अवस्थाबाहेक अन्य अवस्थामा अनिवार्य श्रम विरुद्ध संरक्षणको अधिकार, मान्यता, विवेक र धर्मको स्वतन्त्रतासम्बन्धी अधिकार तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकार पनि समेटिएको छ ।

यस्तै गोपनीयता, पत्राचार र संचार माथिको स्वेच्छाचारी हस्तक्षेप विरुद्ध संरक्षणको अधिकार राष्ट्रको कन्सुलर वा कुटनीतिक निकायबाट संरक्षण तथा सहयोगको याचना गर्न पाउने अधिकार  र रोजगारी राष्ट्रको नागरिकसरह न्यूनतम् रोजगारीको सहुलियत र सुविधा प्राप्त गर्ने अधिकार पनि महासन्धीमा समेटिएको छ ।