१८ श्रावण २०८३, सोमबार
,
Latest
तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए विभिन्न पाँच समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छः स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गर्नुभएको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताउनु भयो । उहाँले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताउनु भयो ।

मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । जनतामा चेतना फैल्याउन पनि सो रोगको रोकथाममा लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुका परिचालन उपयोग हुने मन्त्री पौडेलको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अब यो साउन, भदौ र असोजमा यो बढि संक्रमित हुने स्थिति भएको कारणले हामीले यसमा विशेष सावधानी अपनाउन जरुरी छ ।

माननीयज्यूहरुको पनि सचेतना अभिवृद्धि गर्ने काममा, समन्वय गर्ने काममा महत्वपूर्ण भूमिका हुनसक्छ । त्यसको निम्ति पनि म आग्रह गर्न चाहन्छु । माननीय योगेश भट्टराईले जापानले निकालेको युरोपियन युनियनले आधिकारिकता दिएको खोपको बारेमा सोधखोज गर्नका निम्ति उहाँले यहाँ उल्लेख गर्नुभएको छ । त्यसका निम्ति पनि मन्त्रालयले काम गर्ने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

केही माननीयजीहरुले महिला स्वास्थ्य स्वयम सेविका परिचालन गर्नुपर्छ भन्नु भएको छ । हाम्रो करिव ५३ हजारको संख्यामा उहाँहरु हुनु भएकाले उहाँहरुलाई व्यापक ढंगले परिचालन गर्ने स्थिति पनि बन्न सक्छ विशेष गरी चेतना अभिवृद्धि गर्ने काममा । यी सबै कुरालाई मन्त्रालयले गम्भिरतापूर्वक लिने त्यस अनुसार कार्य योजना बनाउने यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री पौडेलले सो रोगको रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काममा सहयोग गर्न सांसदहरुलाई पनि आग्रह गर्नुभयो ।